केशवराज भट्ट निर्देशित 'नाच्ने हो हिल भाँच्ने गरी'को भिडियो सार्वजनिक
काठमाडौं । हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज आउन करिब एक महिना बाँकी भएसंगै तीज गीतहरुको म्युजिक भिडियो निर्माण र सार्वजनिक गर्ने क्रम निकै बढेको छ ।
यस्तैमा लोकप्रिय निर्देशक केशवराज भट्टले राम्रो कोरियोग्राफी र निर्देशनमा नायिकाहरु शर्मिला मल्ल ,अन्जली अधिकारी र एलिशा शर्मालाइ अभिनय गराएको तीज गीत'नाच्ने हो हिल भाँच्ने गरी'को भिडियो सार्वजनिक भएको छ ।
गीतकार डी पी खनालको शब्दरचना , शंकर थापा 'स्माइल'को म्युजिक निर्देशन र गायिका निता आचार्यको सुमधुर स्वरमा रहेको यस मौलिक तीज गीतमा गत बर्ष तीज पर्व मनाउन नपाएकोले यसपाली सबै मिलि तीजलाइ रमाइलो गरी मनाउ भन्ने भाव प्रस्तुत गरिएको छ ।
भिडियोमा नवराज उप्रेतीको सिनेमाटोग्राफी र मिलन विश्वकर्माको सम्पादन रहेको छ । विषम आचार्यको संगीत संयोजन रहेको यस गीतको भिडियोलाइ गायिका निता आचार्यको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

.gif)