sevenstartv.com १ पुष २०८२, मङ्गलवार

नमेटीने घाउको ट्रेलर सार्वजानिक

२५ साउन २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडाैं ।  चलचित्र नमेटीने घाउको ट्रेलर सार्वजानिक भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, सांसदद्वय देवेन्द्र पौडेल र ज्ञानेन्द्र शाहीको अतिथि भूमिका रहेको फिल्म ‘नमेटिने घाउ’को ट्रेलरमा यि सबैनेताहरुलाई देखाईएको छ ।

दुई मिनेट २४ सेकेण्ड रनटाइमको ट्रेलरले फिल्मको कथावस्तुका बिषयम बोलेको छ । ट्रेलरमा एसिड आक्रमणको घटनाका पीडितको मर्मस्पर्शी दृश्य प्रस्तुत गरिएको छ । बदलाले प्रेरित भएर किशोरी तथा युवतीमाथि कसरी एसिड आक्रमण गरियो र मुलुकका विभिन्न भागमा भएका आक्रमणका घटनालाई यसमा दर्शाइएको छ ।

एसिड आक्रमणविरुद्ध पीडितले न्याय पाउनुपर्ने मागसहित भएका प्रदर्शन पनि देखाइएको छ । नमेटीने घाउलाई मिरन पोखरेल , रमित ढुङ्गाना अमित ढुङ्गाना ओजस्वि ढुङ्गाना कृष्ण रतन ढुङ्गाना र श्याम रतन ढुङ्गानाले निर्माण गरेका हुन । शिबम् अधिकारीको कथा रहेको नमेटीने घाउलाई रमित ढुंगानाले निर्देशन गरेका हुन् । 

https://www.youtube.com/watch?v=EQd5feiU1BQ

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्