sevenstartv.com १ पुष २०८२, मङ्गलवार

मौलिक तीज गीत “मै छोरीलाई गाह्रो भो” चर्चामा, नारीको बेदना प्रस्तुत (भिडियो)

१९ साउन २०८१, शनिवार स्टार संवाददाता

काठमाडौं । हिन्दुु नारीहरुको महान चार्ड हरितालिका तीज नजिकिदै गर्दा तीजका गीतहरु आउने क्रम अत्याधिक बढ्दो छ ।पछिल्लो समयमा नेपाली गीत संगीतले नै तीज गीतको मौलिकता र वास्तविक मान्यता घटाउँदै गएको पाइन्छ । तीज गितमा हुनुपर्ने बिशेषता र मौलिकपन जुन आजकल हराउँदै गएको छ ।

 

तीज गित सुन्दा नारीको बेदना, माईतीको माया, सम्झना ,मिलन र बिछोडका कुरा आउँछन र पो तीजको मर्म बुझिन्छ । व्यवसाय गर्ने नाममा तीजको गीतमा रत्यौली छिराउन थालिएको छ । अपाच्य’ र ‘दोहोरो अर्थ’ लाग्ने शब्दहरू र भिडियो राखेर गित चर्चामा ल्याउने होडबाजी चलिरहेको बेलामा विन्दावासिनी म्युजिक प्रा. लि. ले उत्कृष्ट शब्द सिर्जना देखि भिडियो निर्माणको साथमा अत्यन्तै मिठो मौलिक तीज गित  “मै छोरीलाई गाह्रो भो”  सार्वजनिक गरेको छ ।

 

गित सार्वजनिक भएको छोटो समयमै दर्शक श्रोताहरुले अत्यधिक रुचाएका छन । बिहे गरेकी चेलीको मर्म र भावनालाइ प्रस्तुत  गरिएको गितको अडियो र भिडियो दुवै उत्कृष्ट बनेको  छ ।  गित चौतर्फि रुचाईएको छ । सुवास रेग्मी निर्माता रहेका उक्त तीज गितमा अर्जुन सुवेदीको शब्दमा सिमा नेपालीको आवाज ,खेम पुनको संगीत रहेको छ । गितमा स्मृति तिमल्सिनाको  भिडियो निर्देशन र कोरियोग्राफी रहेको छ भने भिडियोमा निहारिका थापाले अभिनय गरेकी छन । भिडियोलाई विन्दाबासिनी म्युजिक युट्यूब च्यानलबाट सार्वजनिक गरिएको छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्