sevenstartv.com ३१ वैशाख २०८३, बिहिवार

धारिलो हतियार प्रयोग गरी एक युवकको हत्या

२३ वैशाख २०८३, बुधवार स्टार संवाददाता

काठमाडौं । काठमाडौँको कीर्तिपुर नगरपालिका–१० बोडेटोलमा धारिलो हतियार प्रयोग गरी आज एक युवकको हत्या गरीएको छ  । धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका विपिनको मृत्यु भएको हो । 

आज दिउँसो धारिलो हतियार प्रहार गरेर गुल्मीको धुर्कोट गाउँपालिकाका विपिन घिमिरेको हत्या भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिएका छन्  ।

हतियार प्रहार गर्नेको पहिचान खुलिसकेको र प्रहरीले चाँडै पक्राउ गर्ने छ । प्रारम्भिक जानकारीअनुसार साथीसाथीबीच झगडा हुँदा हतियार प्रहार भएको जिल्ला प्रहरी कार्यलयले जनकारी दिएका हुन् ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्