sevenstartv.com ४ पुष २०८२, शुक्रवार

अर्थमन्त्री खनालले गरे क्षतिग्रस्त बुटवल उपमहानगरपालिकाको कार्यालय भवनको स्थलगत अवलोकन

४ पुष २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट क्षतिग्रस्त बुटवल उपमहानगरपालिकाको कार्यालय भवनको स्थलगत अवलोकन गरेका छन् । 

तोडफोड र आगजनी भएको एकसय दिनपछि क्षतिग्रस्त उपमहानगरपालिका कार्यालय भवनको स्थलगत अवलोकन गर्न गर्दै अर्थमन्त्री खनालले भवन मर्मतका लागि संघ सरकारले सहयोग गर्ने आश्वासन दिएका हुन् ।

क्षतिग्रस्त कार्यालय भवन मर्मतसम्भार सम्बन्धि फाइल बिहीवार मात्रै आफ्नो टेबुलमा आएको भन्दै उहाँले फाइल हेरेर आवश्यक निर्णय लिने बताएका छन् । 
त्यसक्रममा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खिलराज पाण्डेयले सामान्य मर्मतले मात्रै कार्यालयको सेवा प्रवाह गर्न सम्भव नभएकोले संघ सरकारको सहयोग जरुरी रहेको बताए । 

उनले कार्यालय भवन पुनर्निर्माणका लागि ठूलो रकम आवश्यक पर्ने र उपमहानगरपालिकासँग त्यस्तो स्रोत नभएकोले संघ सरकारबाट सहयोग गर्न माग गरे । उनले उपमहानगरपालिका आफैँले भवन पुनर्निर्माण गर्दा विकास योजनाका लागि छुट्टयाइएको बजेट कटौती गर्नुपर्ने भन्दै कार्यान्वयनमा गइसकेको योजना कटौती गर्दा समस्या पर्ने गुनासो गरेका छन् । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्