जाँचबुझ आयोगले अर्को साता ओली र लेखकसँग बयान लिने
काठमाडौं । जाँचबुझ आयोगले गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा भएको विध्वंश र मानवीय हताहतिबारे छानबिन गर्न आगामी साता उच्च राजनीतिक नेतृत्वको बयान लिने भएका छ ।
जाँचबुझ आयोगको म्याद सकिन लागेको अवस्थामा आयोगका पदाधिकारीले बुधबार प्रधानमन्त्री सुशीला कार्कीसँग भेटेर म्याद थपका लागि आग्रह गरेको छ । त्यसक्रममा आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बयान लिन लागिएको बताएका छन् ।
हालसम्म आयोगले गरेका कामबारे ब्रिफिङका क्रममा प्रशासनिक र सुरक्षा निकायतर्फका सबैको बयान सकिएको बताइएको छ । अब राजनीतिक तहका उच्च नेताहरूको बयान लिएर प्रतिवेदन लेखनमा केन्द्रित हुने छ ।
आयोगको नयाँ कार्यादेशअनुसार समय नपुग्ने भएकाले म्याद थप गर्नेबारे पनि कुरा गरेका छन् । ओली र लेखकसहितको बयान सक्दा आयोगको समयावधि सकिने भएकाले प्रतिवेदन लेखनलाई समय चाहिने छ । जेन(जीसँगको सम्झौताअनुसारको क्षेत्राधिकारबारे थप काम गर्नुपर्ने भएकाले म्याद थप गर्न उनले प्रधानमन्त्रीलाई भनेका छन् ।

.gif)