sevenstartv.com २ पुष २०८२, बुधवार

नयाँ जनभावनाअनुरूपको सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर रहेको प्रधानमन्त्रीको भनाई

२ पुष २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनमार्फत व्यक्त हुने नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आफूहरु आतुर रहेको बताएकी छन् । 

ललितपुर महानगरपालिकाको १०७ औं स्थापना दिवस समारोहमा सम्बोधनको क्रममा उहाँले निर्वाचनलाई कम खर्चिलो, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आ–आफ्नो ठाउँबाट सहयोग गर्न सबैलाई आग्रह गरेबी हुन् ।

प्रधानमन्त्री कार्कीले सरकार सुशासन र निर्वाचन दुई मुख्य एजेन्डामा केन्द्रित रहेको जानकारी दिँदै निर्धारित प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्ने अर्जुनृदृष्टिका साथ अहोरात्र खटेर तयारीका काम धेरै अगाडि बढाइसकेको जनाएकी छन् । 

उनले खराब तत्त्वको प्रतिरोध गर्न समुदायको पनि भूमिका उत्तिकै आवश्यक हुने भन्दै सबैले हातोमालो गर्नुपर्नेमा जोड दिइन् । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्