जित्नेहरूले हार्नेहरूलाई मिलाएर लैजान्छौँ : महेश बर्तौला
काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले कम्युनिष्ट धारको राजनीति गर्ने पार्टी नेकपा एमाले भएकाले जसले जिते पनि पार्टीलाई मिलाएर लैजाने आशा व्यक्त गरेका छन् ।
शनिबारबाट जारी पार्टीको महाधिवेशनको निर्वाचन प्रक्रियामा भाग लिँदै उनले निर्वाचन नियमति र सामान्य राजनीतिक प्रक्रिया भएको बताएका हुन् । निर्वाचनमा पराजितहरुलाई पनि निर्वाचित नेतृत्वले मिलाएर लैजाने प्रतिबद्धता जाहेर गरे ।
उनले एमाले फुट्ला र एमालेका मान्छे आफूतिर तानौला भनेर कसैले पनि नसोच्न आग्रह गरेका छन् । उनले एमालेका मान्छे आउलान् पार्टी यस्तो बनाउला भनेर कसैलाई पनि नसोच्न चेतावनी समेत दिएका छन् ।

.gif)