प्रगतिशील लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्यहरूले लिए शपथ
काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीको केन्द्रीय कमिटीको सदस्यहरूले शपथ ग्रहण गरेका छन् ।
पार्टी घोषणालगत्तै उक्त पार्टीले केन्द्रीय समिति गठन गरेकामा मंगलबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा शपथ गराइएको हो । उक्त पार्टीको बैठक राजधानीको नयाँ बजारस्थित सासा ब्यान्क्वेटमा पुस २ गतेसम्म चल्ने छ ।
बैठकमा पार्टीको आगामी रणनीति, निर्वाचनको तयारी र पछिल्ला घटनाक्रमबारे छलफल हुने बताइएको छ ।

.gif)