sevenstartv.com २४ मंसिर २०८२, बुधवार

उम्मेदवार बन्न गगन थापाको नाम चार जिल्लाबाट सिफारिस

२४ मंसिर २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । आगामी निर्वाचनका उम्मेदवार रुपमा नेपाली कांग्रेसका महामन्त्री गगन थापाको नाम चार जिल्लाबाट सिफारिस भएको छ ।

काठमाडौं ४ सहित सर्लाही, रोल्पा, र धनकुटाबाट पनि थापाको नाम सिफारिस भएको छ । १५ औं महाधिवेशनमा पार्टी सभापतिको दौडमा रहेका थापाको नाम अहिलेसम्म ४ ठाउँबाट उम्मेदवार बन्न सिफारिस भएको हो ।

काठमाडौं ४ मा थापाको एकल नाम सिफारिस भएको छ । सर्लाही ४ बाट थापा र वीरन्द्रप्रसाद सिंहको नाम सिफारिस भएर आएको छ। यो क्षेत्रमा गएको निर्वाचनमा अमरेशकुमार सिंहले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

रोल्पाबाट महामन्त्री थापासहित लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, मनोजमणि आचार्य, ज्ञानबहादुर वली र मन्दीप सुवेदीको नाम सिफारिस भएको छ । तर महामन्त्री थापाले आफू काठमाडौं ४ बाटै चुनाव लड्ने बताउँदै आइरहेका छन् ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्