sevenstartv.com २४ मंसिर २०८२, बुधवार

नेपाल विद्युत प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य

२४ मंसिर २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पदबहाली गरेका छन् । उनले बुधबार बिहान सर्वोच्च अदालतको परमादेश अनुसार  पदबहाली गरेका हुन् । 

 सोमबार सर्वोच्च अदालतले उनको प्राधिकरणमा पुनर्बहाली हुने परमादेश जारी गरेको थियो । न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले शाक्यलाई बर्खास्त गर्ने सरकारको निर्णय विरुद्ध फैसला गरेको थियो। 

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले गत असोज ५ गते शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएका थिए । शाक्य आफूलाई प्राधिकरणमा पुनर्बहाली गर्न माग गर्दै सर्वोच्च पुगेका थिए ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्