sevenstartv.com २ पुष २०८२, बुधवार

अफगान शरणार्थी फिर्तीले आर्थिक दबाब तीव्र

९ मंसिर २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडाैं । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम ९युएनडिपी० ले अफगान जनताको आर्थिक अवस्था तथा निर्वासित आप्रवासीहरूबारे विस्तृत प्रतिवेदन सार्वजनिक गर्दै छिमेकी राष्ट्रबाट २३ लाख अफगान एकैपटक फर्किनुले अफगानिस्तानको पुनर्निर्माण प्रयासमा गम्भीर दबाब परेको बताएको छ । 

अफगानिस्तानका लागि युएनडिपीका प्रतिनिधि स्टिफन रोड्रिक्सले वर्तमान आर्थिक झट्का, आवधिक प्राकृतिक प्रकोप र व्यापक फिर्तीबीचको सम्बन्धलाई उल्लेख गर्दै दीर्घकालीन, समन्वित र समुदाय–केन्द्रित समाधान अत्यावश्यक रहेको बताए । अफगानिस्तानका लागि यूरोपेली सङ्घ प्रतिनिधिमण्डलका सहयोग विभाग प्रमुख एरिक ब्युमोन्टले मुलुकका ‘वास्तविक अधिकारी’ हरूले तयार गरिरहेको राष्ट्रिय विकास योजना अन्तर्राष्ट्रिय साझेदारहरूका लागि पनि मार्गदर्शक दस्तावेज बन्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा उपस्थित जापानी राजदूतले पनि अफगान जनतालाई, विशेषतः जबरजस्ती फिर्ता गरिएका वा स्वेच्छाले फर्किएका आप्रवासीहरूलाई निरन्तर सहयोग पुर्‍याउनेमा जापान प्रतिबद्ध रहेको बताए । यसैबीच पझवोक समाचार एजेन्सीका अनुसार केवल एक दिनमै इरान र पाकिस्तानबाट १० हजार ४०५ अफगान नागरिक देश फर्किएका छन् । युएन शरणार्थी एजेन्सी ९युएनएचसिआर० ले ती देशहरूबाट फिर्ता हुनेहरूको तीव्रताको तुलनामा मानवीय सहायता घट्दै गएकोप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ ।

 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्