दक्षिण कोरियाका पूर्व राष्ट्रपतिमाथि अर्को अभियोग
काठमाडौं । दक्षिण कोरियाका विशेष अभियोजकले सोमबार पूर्व राष्ट्रपति यून सुक येओलमाथि अर्को अभियोग दर्ता गरेका छन् । शक्तिको दुरुपयोग गरेको अनि छिमेकी राज्यलाई सघाएको अभियोग उनीमाथि लगाइएको छ ।
यी सबै अभियोग गएको वर्ष मार्सल ल ९सेनाको शासन० लगाउने उनको असफल प्रयाससँग सम्बन्धित छ । अप्रिलमा संवैधानिक अदालतले यूनलाई पदबाट बर्खास्त गरेको थियो । मार्सल ल लागू गर्ने असफल प्रयासलाई देशद्रोह भन्दै उनीमाथि हालिएको मुद्दाको सुनवाइ भइरहेको छ ।
दोषी भेटिएपछि येओललाई मृत्युदण्ड हुन सक्नेछ । तर आफूले कहिले पनि सेनाको शासन लागू गर्न नचाहेको तर प्रतिपक्ष दलहरूले गरिरहेको गलत काम रोक्न र प्रजातन्त्रको रक्षा गर्न मात्रै मार्सल लको घोषणा गरेको यूनले बारम्बार भन्दै आएका छन् ।
मेमोका अनुसार युन, उनका पूर्वरक्षामन्त्री किम योङ–ह्युन र पूर्वसैन्य गुप्तचर प्रमुख येओ इन–ह्युङले दक्षिण विरुद्ध उत्तर कोरियालाई दक्षिण कोरियामाथि आक्रमण गर्न उक्साउने योजना बनाएका थिए भनेर प्रवक्ता पार्क जी–यङले भनेकी छिन् ।
मार्सल ल घोषणा गर्नुको औचित्य देखाउन तीनै जनाले देशमा तनाव सिर्जना गर्ने षड्यन्त्र रचेको उनले बताएकी छिन । किम र येओलाई पनि उही थप आरोपमा अभियोग लगाइएको बताइएको छ ।

.gif)