नेप्से परिसूचक ७९ दशमलव ८८ अंकले घट्यो
काठमाडौं । आइतबार सेयर बजारमा उच्च अंकमा गिरावट आएर नेप्से २८९४ अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ७९.८८ अंक घटेको हो ।
कुल १९ अर्ब ७४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । ६० कम्पनीको मूल्य बढ्दा १८४ को घटेको छ । यस दिन माइक्रोफाइनान्स बाहेकका सबै समूहगत सूचक घटेका छन् ।
माइक्रोफाइनान्स भने १.०८ प्रतिशत बढेको छ । बैंकिङ ३।३१, विकास बैंक २.४४, फाइनान्स ३.५०, होटल तथा पर्यटन २.३८, हाइड्रोपावर ३.०४, लगानी ३.८३, जीवन बीमा २.५०, उत्पादन १.९८, निर्जीवन बीमा २.३२, अन्य ३.५५ र व्यापार समूह १.७६ प्रतिशत घटे ।

.gif)