सुनको मूल्य हालसम्मकै उच्च,तोलामा १ लाख ५० हजार रुपैयाँ
काठमाडौं । सोमबार सुनको मूल्य बढेको छ । आइतबार १ लाख ४९ हजार ७ रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ३ सय रुपैयाँले बढेर १ लाख ५० हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुनको मूल्य १ लाख ४९ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । आइतबार १ लाख ४९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, सोमबार चाँदीको मूल्य स्थिर रहेर १ हजार ७ सय ८५ रूपैयाँमा कारोबार भएको छ ।

.gif)