ललितपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
काठमाडौं । ललितपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ घर भएका २९ वर्षीय प्रशान्त राईको मृत्यु भएइको हो ।
आज राति सवा दुई बजे ललितपुर महानगर-२७ सुनाकोठीबाट ठेचो तर्फ जाँदै गरेको ना ६५ प ६५८ नम्बर को मोटरसाइकल अनियन्त्रित भई नालीमा ठोक्किँदा गम्भीर घाइते भएका उनको उपचारका क्रममा बिहान ३ बजे मृत्यु भएको जनाइएको छ ।
प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ । मृतक राईको शव अहिले पाटन अस्पतालमै छ ।

.gif)