sevenstartv.com २१ मंसिर २०८२, आइतवार

शिक्षा विधेयकका लागि शिक्षामन्त्री पन्तले मागे थप समय

२२ असार २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं ।  शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षा विधेयकमाथिको छलफल गर्न थप समयको माग गरेका छन् । 

आइतबार प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा सदस्यहरूले आजै विधेयक समितिबाट पारित गर्नुपर्ने जोड दिएपछि उनले थप समय मागेका हुन् ।

सर्वसम्मत शिक्षा विधेयक पारित गराउनका लागि केही समय चाहिएको उनले बताएका छन् । समितिमा यतिखेर शिक्षक नियुक्ति विषयमा छलफल भइरहेको छ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्