sevenstartv.com २४ मंसिर २०८२, बुधवार

नेपालको शिक्षा महँगो भएको छ : शेखर कोइराला

४ भदौ २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालको शिक्षा महँगो भएको बताएका छन् । 

आज काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले संविधानमा सहजै शिक्षा र स्वास्थ्य निःशुल्क लेखेपनि कार्यान्वयन गर्न नसकेको बताएका हुन् । 

उनले शिक्षा र स्वास्थ्य हुने खानेले मात्रै गर्ने हो भन्ने हिसावले अघि बढिरहेको भन्दै दुःख व्यक्त गरे । उनले शिक्षा र स्वास्थ्यको महँगी हटाउनुपर्ने बताए । उनले सरकारी विद्यालयमा समेत अध्ययन गर्न नसक्ने अवस्था आइसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्