पेट्रोल र डिजेलको मूल्य घट्यो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
बिहीबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलको प्रतिलिटर ५ र डिजेल तथा मट्टितेलको प्रतिलिटर ३ रुपैयाँ मूल्य घटेको हो ।
निगमले भारतबाट आएको नयाँ मुल्य सूचीमा पेट्रोल प्रतिलिटर ५ र डिजल तथा मट्टीतेल प्रतिलिटर २ रुपैयाँ ९६ पैसाले घटेर आएको जनाएको छ ।
नयाँ मुल्य अनुसार अब काठमाडौंमा पेट्रोलको प्रति लिटर १६५ र डिजल तथा मट्टीतेलको प्रति लिटर १५५ रुपैयाँ पर्ने भएको छ ।

.gif)