sevenstartv.com ८ पुष २०८२, मङ्गलवार

विद्युत उत्पादनमा जोड दिन राज्यमन्त्री तामाङकाे आग्रह

३१ साउन २०८१, बिहिवार स्टार संवाददाता


काठमाडौं । ऊर्जा जलस्रोत तथा सिंचाई राज्यमन्त्री पूर्णबहादुर तामाङले विद्युत उत्पादनमा जोड दिन आग्रह गरेका छन् । 

आज काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले राज्यमन्त्री तामाङले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले भारतभ्रमणमा जाँदा  १० वर्षमा १० हजार मेगावट विद्युत निर्यात गर्ने सम्झौता भए बमोजिम भारतमा विद्युत निर्यातको लागि प्राधिकरणले उत्पादनमा जोड दिनुपर्ने बताएका हुन् । 

उनले हाईड्रोपावर बनाउन लाइसेन्स लिएको दुई वर्षमा काम शुरु गर्ने भएपनि लाइसेन्स लिएर घरमा राख्ने अवस्थाको अन्त्य गर्न आवश्यक रहेको बताएका छन्  । उनले जलविद्युत उत्पादनको लागि भएका बैंक तथा वनका समस्यामा सरकार सहजिकरण गर्न तयार रहेको बताए । उनले भारतले नेपाललाई पेट्रोलियम पदार्थमा हरेक महिना दुई पटक मूल्य घटाउने र बढाउने गरेकोप्रति आपत्ति जनाएका छन् । 

यो पनि पढ्नुहोस्