नेप्से परिसूचक ३४.२९ अंकले बढ्याे
काठमाडौं । बुधबार दिनभरको उतारचढावकाबीच अन्तमा हरियाली छाएर सेयरबजार बन्द भएको छ । सेयर बजारको परिसूचक नेप्से ३४.२९ अंकले बढेर २९५७ अंकमा कायम भएको छ ।
बुधबार कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन २१ अर्ब ५१ करोडको कारोबार भएकोमा आज २३ अर्ब ४३ करोडको भयो । बैंकिङ ०.७२, विकास बैंक ३.०७, फाइनान्स ७.६७, होटल तथा पर्यटन २.३७, हाइड्रोपावर १.९१, लगानी २.४९, उत्पादन ०.६४, निर्जीवन बीमा ०.७४, अन्य ०.८३ तथा व्यापार ०.३९ प्रतिशत बढे ।
माइक्रोफाइनान्स ०.७० तथा जीवन बीमा ०.०८ प्रतिशत घटे । निरन्तरको मूल्यवृद्धिसँँगै भोलुम धेरै भएका आधारमा पछिल्लो दुई हप्तायता हिमालयन रि इन्स्योरेन्स सर्वाधिक कारोबार हुनेमा अग्रपंक्तिमा देखिन्छ ।

.gif)