'भैँसीको मासु र सुन्तला चीन निर्यात हुन्छ'
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले प्रशोधित भैँसीको मासु र सुन्तला चीनमा निर्यातका लागि तयारी अन्तिम चरणमा रहेको बताएका छन् । जनवादी गणतन्त्र चीनका राजदूत महामहिम चेन सोङ्गसँग शिष्टाचार भेटघाटका क्रममा प्रशोधित भैँसीको मासु र सुन्तला चीनमा निर्यात गर्नको लागि कानुनी प्रक्रियाहरू पुरा गर्ने अन्तिम चरणमा रहेको बताएका हुन् ।
मन्त्रालयमा भएको भेटमा नेपाल सरकारको तर्फबाट कृषि तथा पशुपन्छी विकास मन्त्रालय र चिन सरकारको तर्फबाट कृषि तथा ग्रामीण विकास मन्त्रालय बिच कृषि, पशुपन्छी तथा मत्स्यपालनको क्षेत्रमा यस अघि हस्ताक्षर भएको समझदारी पत्र कार्यान्वयन गर्ने दुवै पक्षबाट प्रतिबद्धता व्यक्त गरेका छन् ।
हाल हेलेज र औषधीजन्य जडीबुटीहरू निर्यात सुरु भएको छ । चीनबाट नेपालको कृषि विकासका लागि पुर्याउँदै आएको सहयोगलाई निरन्तरता दिदैं नेपाल सरकारले चालु आर्थिक वर्ष २०८१/०८२ को दशकलाई 'कृषिमा लगानी दशक' घोषणा गरेकाले यसलाई कार्यान्वयन गर्न ठुलो लगानीको आवश्यकता रहेकाले त्यसमा पनि आपसी समझदारीमा सहयोग आदानप्रदान गर्ने विषयमा छलफल भएको छ ।

.gif)