त्रिभुवन विश्वविद्यालयमा स्नातक तह पहिलो वर्षको भर्ना खुल्ला
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक तह पहिलो वर्षमा भर्ना खुलाएको छ ।
शैक्षिक वर्ष २०८१-०८२ का लागि मानविकी तथा सामाजिक शास्त्र सङ्काय, व्यवस्थापन सङ्काय, शिक्षाशास्त्र सङ्काय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका क्याम्पसहरूमा भर्ना खुलेको हो ।
आज जारी गरिएको सूचनामा स्नातक तह पहिलो वर्षका लागि साउन २८ गतेदेखि भदौ मसान्तसम्म आवेदन फाराम बुझाउन सकिने छ । असोजदेखि कक्षा सञ्चालन हुनेछ भने आउँदो वैशाखमा परीक्षा फाराम बुझाउनु पर्नेछ ।
जेठमा कक्षा समाप्त भएर असारमा अन्तिम परीक्षा हुने त्रिविले जनाएको छ । परीक्षा सकिएको तीन महिना अर्थात् असोजमा नतिजा प्रकाशन हुने पनि त्रिविले निकालेको सूचनामा उल्लेख छ ।
विद्यार्थीले प्रवेश चाहेको हरेक सङ्काय, अध्ययन संस्थान र विषयअनुसार क्याम्पसमा बेग्लाबेग्लै आवेदन फाराम बुझाउनु पर्नेछ ।

.gif)