आज सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?
काठमाडौं । नेपाली बजारमा आज बिहीबार सुनको मूल्य बढेको छ ।
बुधबार तोलामा एक हजार चार सय रूपैयाँ घटेको सुनको भाउ आज प्रतितोला तीन सय रूपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाल सुन प्रतितोला एक लाख ४६ हजार छ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार छापावाल सुन प्रतितोला एक लाख ४७ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, बिहीबार चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतितोला १६ सय ९० रूपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार चाँदी प्रतितोला १७ सय १० रूपैयाँमा कारोबार भएको थियो । बुधबारको तुलनामा बिहीबार चाँदी प्रतितोला २० रूपैयाँ घटेको हो ।

.gif)