कक्षा १२ को नतिजा सार्वजनिक
काठमाडौं । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । बोर्डले केहिबेर अघि नतिजा सार्वजनिक गरेको हो ।
गत वैशाख १४ गतेबाट सञ्चालित कक्षा १२ को परीक्षामा ४ लाख ९१ हजार ४ सय ९७ विद्यार्थी सहभागी थिए । १२२ जनाको परीक्षा रद्द गरेको जनाएको छ । बोर्डले परीक्षामा १२ हजार ६ सय ७२ जना परीक्षामा अनुपस्थित रहेको जनाएको छ ।
परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माका अनुसार परीक्षामा करिब ५३ प्रतिशत (५२.९१ %) उत्तीर्ण भएका छन् । देशभरबाट ५ हजार ५ सय ४२ विद्यालयका विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी थिए ।
गत असारमा प्रकाशित एसईईको जस्तै कक्षा १२ को पनि लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार नतिजा प्रकाशन हुनेछन् । जसमा प्रत्येक विषयमा सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत अंक नल्याए विद्यार्थी फेल हुनेछन् ।

.gif)