नेप्से परिसूचक २६ दशमलव ०७ अंकले घट्याे
काठमाडौं । मंगलबार १ सय १४ अङ्कले बढेको शेयर बजार बुधबार भने घटेको छ । शेयर बजार परिसूचक नेप्से बुधबार २६ दशमलव ०७ अङ्कले घटेर २ हजार ५ सय ९७ दशमलव ४९ विन्दुमा झरेको छ । बुधबार फाइनान्स बाहेक सबै समूहको शेयर घटेकोमा विकास बैंक, होटल, जलविद्युत्, बीमा, उत्पादन, माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।
बुधबार विन नेपाल लघुवित्त कम्पनीको शेयर सबैभन्दा धेरै १० प्रतिशत र न्यादी हाइड्रोपावर कम्पनीको शेयर ९ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन थ्री स्टार हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।
स्वरोजगार लघुवित्त र इस्टर्न हाइड्रोपावर कम्पनीको शेयर ९ प्रतिशतभन्दा धेरैले बढेको छ । बुधबार कारोबार रकममा पनि कमी आएको छ । हिजो साढे ७ अर्बभन्दा धेरैको कारोबार भएकोमा बुधबार ३ सय १० वटा कम्पनीका १ करोड ५१ लाख कित्ता शेयर ६ अर्ब ७७ करोड रुपैयाँमा कारोबार भएका छन् ।

.gif)