sevenstartv.com ८ पुष २०८२, मङ्गलवार

दशैँभर विमानस्थलहरू बिहान साढे ४ बजे खुल्ने

१६ असोज २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले रात्रिकालीन उडान हुने सम्पूर्ण विमानस्थलहरू बिहान साढे ४ बजे खुल्ने जनाएको छ । हवाई यात्रुको चाप बढेपछि असोज १७ घटस्थापनादेखि ३० गते पूर्णिमासम्म बिहान ४ः३० देखि राति १२ बजेसम्म चल्ने भएका हुन् । 

प्राधिकरणले आवश्यकताअनुसार समय थप हुन सक्ने पनि जनाएको छ । अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा विमानस्थल, पोखरा, नेपालगन्ज लगायतका विमानस्थलमा बिहान ६ देखि राति १० बजेसम्म उडान हुँदै आएको छ । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्