sevenstartv.com ८ पुष २०८२, मङ्गलवार

नेपाल बैंकले ल्यायो उत्कृष्ट कर्जा योजना, कुनमा कति

१६ असोज २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । नेपाल बैंक लिमिटेडले सर्वाधिक न्युन ब्याजदर ७.७० मा ‘ने.बै.लि. सर्वसुलभ आवास कर्जा’ ल्याएको छ ।

सर्वसुलभ आवास कर्जा अन्तर्गत ग्राहकले घर खरिद, नयाँ घर निर्माण, घर मर्मत, सम्भार, जिर्णोद्वारलगायतमा कर्जा पाउन सक्नेछन् । बैंकले ५ वर्षदेखि २५ वर्षसम्मको भुक्तानी अवधि तोकि सेवा शुल्कमा अधिकतम ३३.३३ प्रतिशतसम्म छुट प्रदान गरी रू.५ लाखदेखि अधिकतम २ करोडसम्म कर्जा उपलब्ध गराउने जनाएको छ ।

यसका अतिरि बैंकले मृद्ध व्यवसाय कर्जा, अटो लोन लगायत विभिन्न कर्जाको ब्याजदर समेत उल्लेख्य प्रतिशतले घटाएको छ ।  कर्जा सिमा रू.१० करोडसम्म रहेकोसमृद्ध व्यवसाय कर्जाको ब्याजदर ८.२८ प्रतिशत रहेको छ भने व्यवसायिक ग्राहकहरुले चालुपूँजी तथा स्थिरपूँजी व्यवस्थापनको लागि यो कर्जा उपभोग गर्न सक्नेछन् । नयाँ गाडी खरिदको लागि ५ र ७ वर्ष भुक्तानी अवधि राखि बैंकले प्रवाह गर्ने अटो कर्जाको व्याजदर हाल ७.७८ प्रतिशत रहेको छ ।
 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्