sevenstartv.com ८ पुष २०८२, मङ्गलवार

नेप्से परिसूचक ४९ अंकले बढ्याे

९ असोज २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से ४९ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २५१९ अंकमा कायम भएको छ । बजार बढ्दा कारोबार रकम भने घटेको छ । अघिल्लो दिन ५ अर्ब ६८ करोडको कारोबार भएकोमा आज ४ अर्ब ८१ करोडमै खुम्चियो । म्युचुअल फन्डबाहेक सबै सेक्टरका सूचक बढेका छन् ।

बैंकिङ १.८, विकास बैंक २.७५, फाइनान्स ३.८०, होटल तथा पर्यटन ३.५०, हाइड्रोपावर २.६०, लगानी १।५६, जीवन बीमा १.९१, उत्पादन १.४४, माइक्रोफाइनानस १.४९, निर्जीवन बीमा १.६७, अन्य १.७५ र व्यापार समूह १.७८ प्रतिशत बढे । २१० कम्पनीको मूल्य बढ्दा ३० को घट्यो भने ४ को स्थिर रह्यो । ५ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्