रास्वपाका नेताहरु चीन भ्रमणमा जाँदै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको टोली १० दिने भ्रमणका लागि चीनतर्फ जाँदैछ ।
पार्टीका उपाध्यक्ष डा. स्वर्णिम वाग्ले नेतृत्वमा १४ सदस्यीय टोली शनिबार राति चीनतर्फ जाने कार्यबाहक प्रवक्ता गणेश कार्कीले जानकारी दिए । उनका अनुसार टोलीमा सांसद शिशिर खनाल, पार्टीकी कोषाध्यक्ष लिमा अधिकारी, सांसदहरु मनिष झा, असिम साह, शिव नेपाली, डा. तोसिमा कार्की, गणेश पराजुली रहेका छन् ।
यस्तै केन्द्रीय सदस्यहरु बासुमाया तामाङ, निशा मेहता, पुकार बम, प्रकाश विष्ट, तपेश्वर यादव र खुश्बु राजा श्रेष्ठ रहेका छन् । उनीहरुले चीनमा सांस्कृतिक अध्ययन, सिचुवान विश्वविद्यालयको भ्रमण, इनोभेसन सेन्टरहरुको अवलोकन गर्ने कार्यक्रम रहेको कार्यबाहेक प्रवक्ता कार्कीले बताए ।
उनीहरु आगामी असोज १४ मा स्वदेश फर्किनेछन् ।




