sevenstartv.com १६ असार २०८३, मङ्गलवार

राजेन्द्र महतोद्वारा राष्ट्रिय मुक्ति क्रान्ति नेपाल नामक पार्टी घोषणा

१ असोज २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले नयाँ पार्टी घोषणा गरेका छन् ।

मंगलवार काठमाडौंमा राष्ट्रिय मुक्ति क्रान्तिको बिस्तारित बैठकबाट महतोले नयाँ राजनीतिक दल घोषणा गरेका हुन् । आगामी कार्तिकको पहिलो सातामा निर्वाचन आयोगमा पार्टी दर्ता गराउने गरी प्रक्रिया अघि बढाउने पनि बताएल ।

उनले पार्टीको नाम भने राष्ट्रिय मुक्ति क्रान्ति नेपाल रहने बताए । राष्ट्रिय मुक्ति क्रान्तिको बिस्तारित बैठकले पार्टीको अध्यक्ष महतो स्वयं रहने निर्णय समेत गरेको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी, नेपालबाट अलग भएको करिव ८ महिनापछि महतोले नयाँ पार्टी घोषणा गरे । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्