sevenstartv.com ८ पुष २०८२, मङ्गलवार

२ महिनामा करिब १२ प्रतिशत राजस्व संकलन, एक खर्ब ३७ अर्ब ५५ करोड रुपैयाँ खर्च

१ असोज २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । चालू आर्थिक वर्ष २०८१-८२ को दुई महिनामा लक्ष्यको ११ दशमलव ७२ प्रतिशत राजस्व सङ्कलन भएको छ ।

चालू आर्थिक वर्षमा सरकारले १४ खर्ब १९ अर्ब ३० करोड रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य लिएको छ । साउन र भदौमा गरेर एक खर्ब ६६ अर्ब ३८ करोड रुपैयाँ राजस्व सङ्कलन भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

यसतर्फ २१ अर्ब ११ करोड रुपैयाँ गैरकर र तीन अर्ब १३ करोड रुपैयाँ अन्य प्राप्ति रहेको छ । यो आर्थिक वर्षमा सरकारले ५२ अर्ब ३२ करोड रुपैयाँ वैदेशिक अनुदान प्राप्त गर्ने अनुमान गरेकोमा दुई महिनासम्म वैदेशिक अनुदान प्राप्त भएको छैन ।

यस्तै दुई महिनामा ७ दशमलव ३९ प्रतिशत बजेट खर्च भएको छ । चालू आर्थिक वर्षका लागि सरकारले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बजेट विनियोजन गरेकोमा साउन र भदौमा एक खर्ब ३७ अर्ब ५५ करोड रुपैयाँ खर्च भएकोे कार्यालयले जनाएको छ ।

यसमध्ये चालूतर्फ ८२ अर्ब ९८ करोड ६५ लाख रुपैयाँ अर्थात् ७ दशमलव ३९ प्रतिशत खर्च भएको छ । यस्तै पूँजीगततर्फ १४ अर्ब ८९ करोड ४० लाख रुपैयाँ अर्थात् लक्ष्यको ४ दशमलव २३ प्रतिशत खर्च भएको छ ।

यस्तै वित्तीय व्यवस्था अर्थात् ऋण तिर्न र शेयर लगानीका लागि तीन खर्ब ६७ अर्ब रुपैयाँ विनियोजन भएकोमा दुई महिनामा ३९अर्ब ६७ करोड २२ लाख रुपैयाँ खर्च भएको छ ।

सरकारी खर्चमध्ये सबैभन्दा धेरै १० दशमलव ८ प्रतिशत वित्तीय व्यवस्थातर्फ रहेको छ ।।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्