sevenstartv.com ८ पुष २०८२, मङ्गलवार

राजनीतिक अस्थिरता नै  समृद्धिको बाधक रहेको छ : अर्थमन्त्री पौडेल

३१ भदौ २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजनीतिक अस्थिरता नै  समृद्धिको बाधक रहेको बताएका छन् । आज बुटवल उद्योग वाणिज्य संघको ६९ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले नेपालमा ५ वर्ष सकार टिक्नुपर्नेमा हालसम्म कुनै पनि सरकार ५ वर्ष टिक्न नसकेको बताएका हुन् । 

अर्थमन्त्री पौडेलले अहिले गठबन्धन सरकार स्थिरता ल्याउनको लागि बनको बताए । उनले राजनीतिमा स्थिरतासँगै नीतिमा स्थिरता, कार्यान्वयनमा स्थिरता आउने बताएका छन्  । 

वर्तमान सत्ता गठबन्धन पूर्ण कार्यकालमा रहने बताउँदै उनले समीकरण र सहयात्राले पूर्णता पाउने उल्लेख गरे । कांग्रेस र एमालेबिच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति अनुसार नै गठबन्धन अघि बढ्ने उनले बताए ।  अहिलेको सरकार बनेपछि जनतामा उत्साह आएको उनले दाबी गरे । आर्थिक क्षेत्रमा समेत सुधारको सङ्केत आएको उनले दाबी गरे । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्