नेप्से परिसूचक ५०.७३ अंकले घट्यो
काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक आइतबार ५०.७३ अंकले घटेर २६३७.७९ विन्दुमा बन्द भएको छ । ६ कारोबार दिनपछि गएको साता बिहीबार बजार ७८.३१ अंकले बढेको थियो । आज एकैदिन बजार उच्च अंकले घटेको हो ।
बिहीबारको तुलनामा सेयर खरिद–बिक्री रकम भने बढेको छ । १० अर्ब ३३ करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको हो । गएको बिहीबार आठ अर्ब १६ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।
कारोबारमा आएका १३ वटै समूहको परिसूचक घटेको छ । परिसूचक सर्वाधिक घट्नेमा होटेल तथा पर्यटन समूह छ । यो समूहको परिसूचक ३।६८ प्रतिशतले घटेको छ । २४ कम्पनीको मात्र सेयर मूल्य वृद्धि भएको छ । २१९ कम्पनीको सेयर मूल्य घटेको छ ।

.gif)