बैंकिङ प्रणालीमा भएको १ खर्ब तान्दै राष्ट्र बैंक
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबार बैंकिङ प्रणालीमा भएको १ खर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ ।
बिहीबार मात्रै ४० अर्ब रुपैयाँ निक्षेप संकलन गरेको राष्ट्र बैंकले निक्षेप संकलनको उपकरण प्रयोग गरेर बोलकबोलमार्फत आइतबार फेरि केन्द्रीय बैंकले १ खर्ब रुपैयाँ तान्न लागेको हो ।
यसमा बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ राख्न सक्नेछन् । यो रकमको साँवा तथा ब्याज भुक्तानी असोज २० गते गर्ने राष्ट्र बैंकले जनाएको छ ।
यसमा वित्तीय संस्थाले आफूले राख्न चाहेको पैसा र ब्याजदरसमेत उल्लेख गर्नुपर्नेछ । बोलकबोलमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था सहभागी हुन पाउनेछन् ।

.gif)