sevenstartv.com १६ असार २०८३, मङ्गलवार

सुदूरपश्चिम सरकारले सोमबार बजेट ल्याउदै

२९ भदौ २०८१, शनिवार स्टार संवाददाता

काठमाडौं ।  सुदूरपश्चिम प्रदेश सरकारले आगामी भदौ ३१ गते सोमबार चालु आर्थिक वर्षको बजेट ल्याउने जनाएको छ ।

मुख्यमन्त्री कमलबहादुर शाहले शनिबार बिहान पत्रकार सम्मेलन गर्दै भदौ ३१ गते बजेट ल्याउने बताएका हुन् । मुख्यमन्त्री शाहले गत असार १ गते प्रदेश सभामा प्रस्तुत भएको बजेट सम्बन्धी कानुन फिर्ता लिएर नयाँ बजेट ल्याउने तयारी गरेको जानकारी दिए ।

उनले भने, ‘संवैधानिक र कानुनी प्रक्रियामा रहेर नै बजेट आउँछ । वर्तमान सरकारले बजेट पुनः लेखन गरेको छ ।’ उनले बजेट निर्माणको लागि निर्धारण गरेको ४ वटा आधारहरूभित्रै रहेर बजेट तयार गरेको बताए ।

२५ लाख भन्दामाथिका योजना राख्ने, आवश्यकता र आौचित्यको आधारमा २५ लाखभन्दा कम बजेट विनियोजन गर्नुपर्ने भएमा कार्य योजनासहित ससर्त अनुदानको रूपमा स्थानीय तहलाई वित्तीय हस्तान्तरण गर्ने, प्रदेश सरकारबाट व्यक्ति, समूह, संस्था, निजी फर्म, कम्पनी र सहकारीलाई बजेट तोकेर विनियोजन नगर्ने र प्रदेश सरकारबाट कार्यान्वयन हुने कुनै पनि योजना उपभोक्ता समितिमार्फत नगरिने आधार तय गरिएको उनले यसअघि नै सार्वजनिक गरेका थिए ।

तत्कालीन सरकारले असार १ गते प्रदेश सभामा प्रस्तुत विनियोजन विधेयक (बजेट) पास नभएपछि नवगठित सरकारले बजेट निर्माणमा जुटेको हो । यसअघिको सरकारका मुख्यमन्त्री दीर्घबहादुर सोडारी नेतृत्वको सरकारले असार १ गते प्रदेश सभामा पेश गरेको बजेट अलपत्र परेपछि यो प्रदेश दुई महिनादेखि बजेट शून्यताको अवस्थामा छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्