sevenstartv.com १६ असार २०८३, मङ्गलवार

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

२९ भदौ २०८१, शनिवार स्टार संवाददाता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको केन्द्रीय समितिको बैठक शनिबार बस्ने भएको छ ।

पार्टीको केन्द्रीय कार्यालयमा  दिउँसो १ बजे बैठक बस्ने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । बैठकमा समसामयिक राजनीतिक, आर्थिक र सामाजिक गतिविधि बारे छलफल हुने बताइएको छ ।

साथै राष्ट्रिय भेलामा सहभागिताको लागि आएको प्रतिनिधिको नाम र रिपोर्टबारे कार्यवाहक महामन्त्रीबाट अपडेट लिने, राष्ट्रिय भेलाको प्रस्तावित कार्य तालिकामा छलफल हुने र  राष्ट्रिय भेलाको हालसम्मको तयारीका बारे पनि छलफल हुने बताइएको छ ।

बैठकमा विधान संशोधन सुझाव कार्यदलको सुझाव प्रतिवेदन प्रस्तुत गर्ने र त्यसउपर आवश्यक छलफल गर्ने पनि पार्टीको तयारी छ ।  

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्