बक्यौता असुलीमा ध्यान दिन अर्थमन्त्री पौडेलकाे निर्देशन
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ठुला कर कार्यालयहरूको बक्यौता र बेरुजु बढेको भन्दै असुलीमा ध्यान दिन निर्देशन दिएका छन् ।
आन्तरिक राजस्व विभागको निरीक्षण गर्दै अर्थमन्त्री पौडेलले बक्यौता असुली र बेरुजु फर्स्यौटका लागि विशेष अभियान नै सञ्चालन गर्न मातहतका निकायलाई निर्देशन दिएका हुन् । नेपालको विकास र समृद्धिको लक्ष्य हासिल गर्नका लागि आन्तरिक स्रोत परिचालनलाई थप प्रभावकारी बनाउने मन्त्री पौडेलले बताए ।
उनले भने, ‘आन्तरिक स्रोत परिचालन थप प्रभावकारी बनाउन कर प्रणालीलाई थप आधुनिकीकरण गर्ने, करदाताको कर सहभागिता लागत घटाउने, प्रविधिमैत्री जनशक्ति विकासलाई प्राथमिकता दिने कुरामा ख्याल गर्नुहोला ।’

.gif)