आजको विदेशी मुद्राको विनिमय दर : कतिमा भइरहेको छ कारोबार ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले आजको विदेशी विनिमय दरको भाउ तोक्दै विदेशी मुद्राको बिक्री र खरिद मूल्य तय गरेको हो ।
अमेरिकी डलरको खरिद दर एक सय एक सय ३४ रुपैयाँ ०७ पैसा र बिक्री दर एक सय ३४ रुपैयाँ ६७ पैसा रहेको छ । युरो एकको खरिद दर एक सय ४८ रुपैयाँ १८ पैसा र बिक्री दर एक सय ४८ रुपैयाँ ८४ पैसा रहेको छ ।
यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १७५ रुपैयाँ ५२ पैसा र बिक्री दर १७६ रुपैयाँ ३० पैसा रहेको छ । कतारी रियालको मूल्य खरिद दर ३६ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

.gif)