सेयर बजारमा तीव्र गिरावट
काठमाडौं । आज सेयर बजारमा तीव्र गिरावट आएको छ । एक महिना यता लगातार बढेर झण्डै २८ सयको विन्दु नजिक पुगेको बजारमा आज एकाएक १४५ अंकले गिरावट आउँदै २६५१ अंकमा झरेको हो ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज समग्रमा नेप्से ५.१८ प्रतिशतले बजार खस्किएको छ । तथापि यसदिन २३ अर्ब ७१ करोड रुपैयाँमाथिको कारोबार भएको छ । २३३ कम्पनीको सेयर मूल्य घट्दा जम्मा ८ वटा कम्पनीको मात्र बढेको छ ।
आज हिमालय रिइन्स्योरेन्समा लगानीकर्ता झुम्मिदा कम्पनीको मात्र १ अर्ब ३९ करोड ७८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज १३ वटै उपसूचक ऋणात्मक भएका छन् ।

.gif)