नेप्से परिसूचक आज पनि घट्यो, कारोबार रकम पनि ओरालो यात्रामा
काठमाडौं । शेयर बजार नेप्से परिसूचक आज पनि घटेको छ ।
नेप्से परिसूचक आज १३ दशमलव शून्य नौ अङ्कले घटेर दुई हजार ६ सय ३२ दशमलव ९४ विन्दुमा झरेको छ । नेप्से पछिल्लो पाँच कारोबार दिन लगातार घटिरहेको छ ।
नेप्से गएको साताकोे बुधवार ९० दशमलव ७३, बिहीवार १२ दशमलव १० अङ्कले घटेको थियो । यस्तै यो साताको पहिलो कारोबार दिन आइतबार २५ दशमलव ४६ र हिजो ५५ दशमलव ८६ अङ्कले घटेको थियो ।
आज बीमा, उत्पादन, माइक्रोफाइनान्स, विकास बैंक, फाइनान्स, जलविद्युत् समूहको शेयर उच्च अङ्कले घटेको छ । यस्तै व्यापार समूहको शेयर सामान्य बढ्दा होटल समूहको शेयरमा घटबढ भएको छैन ।
आज सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम-३ को शेयर झन्डै नौ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन मानुषी लघुवित्त कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज कारोबार रकम पनि घटेको छ ।
आज तीन सय २८ वटा कम्पनीका एक करोड ९० लाख कित्ता शेयर सात अर्ब २४ करोड रुपैयाँमा कारोबार भएका छन् ।

.gif)