sevenstartv.com ३१ वैशाख २०८३, बिहिवार

सरकारले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सम्पत्तिमाथि अनुसन्धान अघि बढायो

१५ चैत २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । सरकारले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सम्पत्तिमाथि अनुसन्धान अघि बढाएको छ । त्यसक्रममा देउवा र उनका परिवारका सदस्यहरुको सम्पत्ति विवरण संकलन भएको छ ।

प्रमाण नष्ट गर्नसक्ने आशंकामा बूढानीलकण्ठस्थित देउवा निवास परिसरमा घर भत्काउने काम भइरहेकोमा प्रहरीले रोक लगाएको छ । सत्ताको आडमा अस्वभाविक र गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा यसअघि नै देउवा परिवार विरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी परेको थियो । स्रोतका अनुसार, यसअघि नै जुटाइएका सूचना र प्रमाणहरु संकलन गरेर अनुसन्धान थप अघि बढाउने काम भएको हो ।

गृह एवं नेपाल प्रहरी सम्वद्ध स्रोतका अनुसार, पछिल्लो एक–डेढ वर्षमा जयवीर देउवा र उनले नजिकका नातेदारहरुका नाममा किनेको करिव ७३ रोपनी जग्गाको विवरणहरु संकलन भएको छ । शेरबहादुर देउवाका नातेदार प्रदीपशम्सेर जबरा, भुषण राणा लगायतबाट जयवीर र अन्य व्यक्तिको खातामा भएको कारोवारको विवरण संकलन भइरहेको स्रोतले बतायो । 

शेरबहादुर देउवा परिवारले बूढानीलकण्ठ एउटा कम्पाउण्डभित्र दुईवटा बंगालो बनाएका थिए । त्यसबारेमा यसअघि नै उजुरी परेको थियो । जेनजी आन्दोलनका क्रममा देउवा परिवारमाथि आक्रमण हुनुका साथै घरमा आगजनी भएको थियो ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्