sevenstartv.com ३१ वैशाख २०८३, बिहिवार

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ

१४ चैत २०८२, शनिवार स्टार संवाददाता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवासबाटै पक्राउ परेका छन् ।  अध्यक्ष ओलीलाई पक्राउ गर्न प्रहरीले मध्यरातिदेखि नै एसएसपी सन्तोष खड्काको नेतृत्वमा टोली खटाएको थियो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी खड्काको टोली भक्तपुर प्रहरीका विभिन्न युनिटसहित ओली निवास गुण्डु पुगेका थिए ।

टोली पुग्दा ओली सुतिसकेका थिए । त्यसैले उनको निवास वरपर प्रहरीले तैनाथ गरेर बसेको थियो र बिहान उठ्नेबित्तिकै नियन्त्रणमा लिइएको हो । उनलाई पक्राउ गरी महाराजगन्जस्थित प्रहरी प्रतिष्ठानमा लगिने र थप कानूनी प्रक्रिया आइतबार पूरा गरिने प्रहरी स्रोतले जनाएको छ ।

ओली आफ्नै गाडीमा प्रहरीसँग गएका छन् । गृहमन्त्री सुधन गुरुङसहित मध्यरातसम्म भएको छलफलपछि गृह मन्त्रालयले राति नै ओलीलाई पक्राउ गर्न लिखित आदेश दिएको थियो । आदेशानुसार प्रहरी परिचालित भएको हो । यस्तै नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले पक्राउ गरेको छ ।

भक्तपुर, कटुन्जेस्थित घरमा सुतिरहेका उनलाई प्रहरीले नै उठाएर साथमा लगेको हो ।काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई काठमाडौँतर्फ लगेको भक्तपुर प्रहरीस्रोतले जनाएको छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्