sevenstartv.com ३१ वैशाख २०८३, बिहिवार

मन्त्रिपरिषद् बैठक बस्दै

१३ चैत २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दैछ । केहीबेरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बस्ने जनाइएको छ ।

बैठकका लागि पदभार ग्रहणको काम सकेर अहिले धमाधम मन्त्रीहरू प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगिरहेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आजै प्रधानमन्त्रीको रुपमा बालेन शाहलाई नियुक्त गरेका थिए । साथै, नवनियुक्त मन्त्रीहरूले पनि आजै शपथ लिएका थिए ।

उनीहरू सबैले सिंहदरबार पुगेर पदभार गरिसकेका छन् । सरकारले गर्ने केही महत्त्वपूर्ण कामबारे मन्त्रिपरिषद्बाट निर्णय लिइने बताइएको छ ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्