sevenstartv.com ५ असार २०८३, शुक्रवार

नेपाल विद्युत प्राधिकरणमा यी पदमा खुल्यो आवेदन

१८ पुष २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ठूलो संख्यामा कर्मचारी भर्नाका लागि आवेदन खुलाएको छ । प्राधिकरणले अधिकृतदेखि सहायकस्तरसम्म २६० भन्दा बढी पदमा दरखास्त आह्वान गरेको हो ।

अधिकृतस्तरका सहनिर्देशकदेखि वातावरणविद्सम्म १३२ जना र सहायकस्तरका मिटररिडिङ सुपरभाइजर, सुपरभाइजर र लेखापाल पदमा १३० जना माग गरिएको छ ।

योग्यता पुगेका इच्छुक व्यक्तिले माघ १० गतेभित्र अनलाइनमार्फत् आवेदन दिन सक्ने विज्ञापनमा जनाइएको छ ।

dd-1767320151.jpg