पूर्वी नाकाबाट चालु आर्थिक वर्षको पहिलो चौमासिकमा एक अर्ब ३७ करोडको चिया निर्यात
काठमाडौं । पूर्वी नाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको निर्यात भएको छ ।
समीक्षा अवधिमा ४६ लाख ८८ हजार ९३२ किलोग्राम चिया भारततर्फ निर्यात भयो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो ३७ प्रतिशतले कम छ ।
गत आवको उक्त अवधिमा रु दुई अर्ब २० करोड ४८ लाख ४० हजार बराबरको चिया निर्यात भएको थियो । यो चालु आर्थिक वर्षमा रु ८३ करोड १७ लाख ६२ हजारले कम निर्यात भएको हो ।

.gif)