sevenstartv.com २८ जेठ २०८३, बिहिवार

ह्वातै घट्यो सुनको मूल्य

२७ जेठ २०८३, बुधवार स्टार संवाददाता

काठमाडौँ । केही समय यता नेपाली बजारमा अस्थिर रहेको सुनको मूल्यमा बुधबार भारी गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १० हजार १०० रुपैयाँले घटेर प्रतितोला २ लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिनको कारोबार तुलनामा यस दिन १० हजार १०० रुपैयाँले घटेको हो ।

मंगलबार छापावाल सुन प्रतितोला ३ लाख एकहजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य १८५ रुपैयाँले घटेर ४ हजार ७४० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार चाँदी प्रतितोला ४ हजार ९२५ रुपैयाँमा कारोबार भएको थियो ।