sevenstartv.com २७ जेठ २०८३, बुधवार

बजेटको असर सुनचाँदीमा देखियो सुन तोलामै बढ्यो २० हजार

१७ जेठ २०८३, आइतवार स्टार संवाददाता

काठमाडौँ । सुनको मूल्यमा एकै दिन भारि वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलामा २० हजार ५०० रुपैयाँले बढेर ३ लाख ११ हजार १०० रुपैयाँमा कारोबार भएको छ । यसअघि गत शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ९० हजार ६०० रुपैयाँमा किनबेच भएको थियो ।

सरकारले शुक्रबार घोषणा गरेको बजेटपछि आइतबार एकैदिन सुनको भाउ तोलामा २० हजार ५ सय रुपैयाँ बढेको छ । शुक्रबार संसदमा प्रस्तुत आमामी आर्थिक वर्ष २०८३–०८४ को बजेटमा यसअघि लाग्दै आएको १० प्रतिशत भन्सार महसुललाई दोब्बर बनाएर २० प्रतिशत पु¥याएको सुनको मूल्यमा भारि वृद्धिको अनुमान छ ।

यस्तै, आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । आज चाँदी तोलामा ३०५ रुपैयाँले बढेर ५ हजार ३४५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदीको मूल्य तोलामा ५ हजार ४० रुपैयाँ कारोबार थियो ।

सुनको मूल्यलाई अन्तर्राष्ट्रिय मूल्य, अमेरिकी डलरको मूल्य तथा नेपालमा लाग्ने भन्सार लगायत अन्य करले प्रभाव पार्दछ ।  शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ जम्मा ०।८४ प्रतिशत मात्रै बढेको थियो ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्