sevenstartv.com २२ मंसिर २०८२, सोमवार

जेनजीका माग पूरा गर्न जसपा नेपालको माग

८ मंसिर २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं ।  जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना २८ बुँदे मुख्य माग र राष्ट्रिय मुद्दाहरु सार्वजनिक गरेको छ । जसपा नेपालले संविधान संशोधन, संघीय प्रणालीको सिद्धान्तका आधारमा प्रदेशहरुलाई अधिकार सम्पन्न गर्नुपर्नेदेखि जेनजी पुस्ताले आन्दोलनका दौरान उठाएका न्यायोचित माग र मुद्दाहरु सरकारले पुरा गर्नुपर्ने माग उठाएको छ । 

जसपा नेपालले जेन जी (युवा पुस्ता) ले आन्दोलनका दौरान उठाएका न्यायोचित माग र मुद्दाहरूलाई सरकारले सम्बोधन गर्न तथा जेन जी विद्रोहलाई दवाउन सरकारले गरेको दमनका कारण, भए गरेका हिंसा, हत्या, आगजनी विध्वंश जस्ता क्रियाकलापहरूको छानवीन गरी कसूर ठहरेकालाई कानून बमोजिम कारवाही गर्न भनेको छ । भ्रष्टाचार नियन्त्रण, सुशासन र पारदर्शीताको प्रत्याभूति गराइनुपर्ने, सरकारमा रहेर विगतमा भए गरेका सम्पूर्ण भ्रष्टाचारहरु, भ्रष्टाचारसँग सम्बन्धित् विभिन्न काण्डहरूउपर छानवीन गरी भ्रष्टाचारीहरूलाई कानूनबमोजिम कारवाही गरिनुपर्नेमा जसपा नेपालको जोड रहेको छ ।

पार्टीले उठाउँदै आएका २८ बुँदे विभिन्न माग र राष्ट्रिय मुद्दाहरू केन्द्रीय कार्यकारिणी समितिको बैठकले पारित गरी ती माग र मुद्दा पुरा गर्न मंसिर १० गतेदेखि नै विभिन्न सङ्घर्षका कार्यक्रमसमेत घोषणा गरिएको जनाइएको छ । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्