खगेन्द्र सुनारको नेतृत्वमा हाम्रो पार्टी नेपाल
काठमाडौं । ‘दलितलाई खै’ भन्दै अभियान चलाइ रहेका दलित अधिकारका अभियन्ता खगेन्द्र सुनारले पनि राजनीतिक दल गठन गरेका छन् । सुनारको नेतृत्वमा ‘हाम्रो पार्टी नेपाल’ नामको नयाँ दल गठन गरी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिइएको हो ।
अध्यक्ष सुनारका अनुसार उनको पार्टीआज दल दर्ताको प्रमाणपत्र लिइनेछ । यसका लागि आज दिउँसो १२ बजे निर्वाचन आयोगको कार्यालय पुग्ने कार्यक्रम रहेको उनले बताए ।
शरीरभरि नेल लगाएर काठमाडौँका सडकमा प्रदर्शन गरेर चर्चामा आएका सुनार गत कात्तिक ९ गते श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री पदका लागि सिफारिस भएका थिए ।
तर शपथ खाने बेला उनका विचाराधीन मुद्दाका विवाद सार्वजनिक भएपछि नाम काटिएको थियो ।

.gif)